Sunday, April 20, 2025
समाज५ करोडको बार्गेनिंग गरेको आरोप आएपछी धमला भन्छन 'रबिको इस्तर आज देखीयो'
spot_img

५ करोडको बार्गेनिंग गरेको आरोप आएपछी धमला भन्छन ‘रबिको इस्तर आज देखीयो’

काठमाडौं – प्राईमटाईम् टेलिभिजनका संचालक तथा अध्यक्ष पत्रकार ऋषि धमलालाई रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले ५ करोडको बार्गेनिंग गरेको आरोप लगाएका छन् ।

लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भोईस प्रमाण समेत रहेको भन्दै सो आरोप लगाएका हुन् ।

लामिछाले लगाएको आरोप बारे एक टेलिभिजन संग बोल्दै ऋषि धमालाले रविले बोलेको कुनै कुरामा सत्यता नभएको भन्दै  ‘जुन आरोप लगाउनु भएको छ त्यो पुष्टी गर्नु भयो भने म पत्रकारीता गर्दिन’ भन्ने प्रतिक्रिया दिएका छन् ।

साथै उनले जिबनमा गलत काम गरेर एक रूपयाँ पनि नमागेको बताएका छन् । “भन्न पाए भन्दैमा जे पनि भन्न पाईदैन उहाको इस्तर के रहेछ भन्ने आज उहाले देखाउनु भयो” उनले भने  ।

“उहाले आफ्नो खुटामा आफै बन्चरो हानु भयो ” भन्दै उनले थपे  “राजनीति गर्ने मान्छेमा सौच सकारात्मक हुनुपर्छ, चिन्तन हुनु पर्छ, राजनीतिक संस्कार हुनुपर्छ”

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img