Monday, May 19, 2025
स्वास्थ्यभियाग्राको ओभरडोजले प्रेमीको मृत्यु
spot_img

भियाग्राको ओभरडोजले प्रेमीको मृत्यु

spot_img

एजेन्सी । जुलाई ३ मा नागपुरमा २५ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भएको थियो । प्रहरीले युवकको खल्तीबाट भियाग्राको चक्की फेला पारेको छ । उनले भियाग्राको ओभरडोज सेवन गरेको प्रहरीको आशंका छ । भियाग्रा सेवनपछि होटलमा प्रेमिकासँग सम्बन्ध राख्दा उनलाई हृदयघात भएको थियो ।

जुन ४ मा युपीको प्रयागराजमा घण्टौं इरेक्शन अर्थात् यौन उत्तेजना र दुखाइको कारण समस्यामा परेका २८ वर्षीय पुरुषको दुईपटक शल्यक्रिया गरिएको थियो । केही महिनाअघि बिहे गरेका यी युवकले साथीको सल्लाहमा भियाग्राको ओभरडोज लिन थालेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

यी दुवै घटनाले निलो चक्की अर्थात् भियाग्राको बारेमा मानिसहरूमा गलत जानकारी देखाउँछ। भियाग्रालाई सामान्यतया सेक्स पावर बढाउने औषधि मानिन्छ, तर यो पूर्ण सत्य होइन।

सन् १९८९ मा अमेरिकी कम्पनी फाइजरको टोली एनजाइनाको उपचारको लागि औषधि बनाउने काम गरिरहेको थियो । एनजाइना एक अवस्था हो जसमा मुटुमा रगत आपूर्ति गर्ने नसाहरू साँघुरिन्छ, जसले छाती दुख्ने र सास फेर्न गाह्रो हुन्छ।

सोही समयमा फाइजरले नयाँ यौगिक सिल्डेनाफिल सिर्जना गर्यो र केहि पुरुषहरूमा परीक्षण गर्यो। सिल्डेनाफिल क्लिनिकल परीक्षणहरूमा मुटुको दुखाइ कम गर्न असफल भयो। यस्तो अवस्थामा फाइजरले यो प्रोजेक्टलाई अन्त्य खोजेको थियो तर, त्यसपछि मात्र ट्रायलमा संलग्न पुरुषहरूले यो औषधिबाट इरेक्शन अर्थात् यौन उत्तेजना महसुस गरे । जसका कारण धेरैको यौन जीवनमा पनि सुधार आएको छ । अर्थात् फाइजरले मुटुमा रगतको सही प्रवाहका लागि जुन औषधि बनाएको थियो, त्यो औषधिले लिंगको नसाका लागि काम ग¥यो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img