कागती एक अमिलो जातको फल हो । यो सानो ठुलो विभिन्न जातको हुन्छ । यसको बोक्रा, रस एवं बियाँ तथा पात समेत उपचारको काममा आउँछ ।यसको रस,पात र बोक्रालाई ताजा रूपमा प्रयोग गर्न सकिन्छ भने बोक्रा र पातलाई सुकाएर एवं रसलाई पकाएर अमिलो तयार गरि चुकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
कागतीका विशेष गुणहरू :- कागती अमिलो खालको फल भए पनि यो क्षार प्रधान र पित्त नाशक गुणको हुन्छ । कागतीमा रत्त शोधक, मुत्रकारक,पसिना निस्कासक, ज्वर निवारक आदि गुण पनि रहेको हुन्छ । कागतीमा भिटामिन सी प्रशस्त मात्रामा रहेको पुर्ण छ ।कागती रस सर्दी एवं गर्मी दुवै प्रकृतिको हुन्छ । उपवासको समयमा कागती रस पानीका साथ पिइरहने (कागती कल्प) गरि केही दिनसम्म बस्दा शरीरमा बिजातीय द्रव्य घट्दछ ।
डण्डीफोर र अनुहारको पोतो :- कागतीको टुक्रालाई दिनहुँजसो डन्डीफोरमा सुत्नु अघि रगड्ने , रातभरि त्यसै राख्ने एवं बिहान उठेर धुने गर्दा यसको सुधार हुन्छ । गहुँको पिठो वा बेसन वा मुल्तानी माटोमा कागतीको रस मिसाई दिनहुँ अनुहारमा लेपन गरि आधादेखि एक घण्टा बस्ने र पदाल्ने गर्दा डन्डीफोर र अनुहारको पोतोमा पनि लाभ गर्दछ ।कागती र मह बराबर मिश्रित गरि अनुहारमा लेपन गर्ने र २०/३० मिनेटपछि कपासले रगडेर अनुहारमा मालिस गर्दा अनुहारको चाँयाका सुधार हुन्छ ।
कपालको चायाँ पर्ने :- कागतीको रस एवं पानी मिसाई रौंको जरासम्म पुग्ने गरि रगड्ने र केही बेरपछि पखाल्ने । हप्तामा २/३ पटक यसो गर्दा कपालको चायाँ हट्दछ ।



