वैशाख १० गते देखी वैशाख १६ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साता उत्साहवर्द्धक रहनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। बोलीको प्रभावले काम बन्नेछ। चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। छाेटाे समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। पहिलेको कर्मफल हातलागी हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। सप्ताहान्तमा केही उतारचढाव आउलान्। परिस्थितिले समयको महत्त्वबाेध गराउनेछ। घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। योजनाहरू गोप्य राख्नुहोला।यो साताका लागि शुभ अङ्क १, ३ र शुभ रङ्ग सुन्तला वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । कूटनीतिक नियोगको सहयोग मिल्ला । यो साताका लागि शुभ अङ्क २, ८ शुभ रङ्ग सेतो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। साेमवार साँझदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्य भने कमजोर बन्न सक्छ। तापनि पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। चिताएका काम बन्नाले नाम र दाम प्राप्त हुनेछ।यो साताका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । मध्य सातामा प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । यो साताका लागि शुभ अङ्क ५, ९ र शुभ रङ्ग गुलाबी वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले सफलता समेत दिलाउनेछ। बिहीवारदेखि फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। तापनि, पछिका लागि केही उपलब्धि जुट्नेछ। रकम जुटाउन केही समय लागे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र काम बन्नुका साथै सुखद समाचार प्राप्त हुनेछ।यो साताका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यो साता शुभकार्यको चर्चा चल्नेछ । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट निस्कनु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा स्वास्थ्य कमजाेर रहनुका साथै खर्च बढ्नाले अर्थ अभाव देखिएला। अप्ठ्यारा कामको बोझ उठाउनुपर्नेछ। तापनि साेमवारदेखि स्थितिमा सुधार आउनाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। व्यापार–व्यवसायमा पनि फाइदा हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हातलागी हुनेछ। यो साताका लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवार र बुधवार अप्ठ्यारा कामको बोझ थपिन सक्छ। स्वास्थ्यका लागि खानपान र आराममा ध्यान पुर्याउनुहोला। परिस्थितिवश संघर्षकाे मार्ग राेज्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। शुभचिन्तकहरूको सहयोग जुट्नाले बिस्तारै काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग खैरो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले बुधवारसम्म रमाइलाे हुनेछ। तर उत्तरार्धमा परिस्थिति कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, गोपनीयतामा पनि ध्यान दिनुहोला। व्यवहारमा केही उल्झन देखिए पनि सप्ताहान्तमा विभिन्न अवसर प्राप्त हुनेछन्। यो साताका लागि शुभ अङ्क ५, ६ र शुभ रङ्ग घ्यू रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । यो साताका लागि शुभ अङ्क ४, ८ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा पारिवारिक असमझदारीले बाधा पुर्याउनेछ भने अरूको भरपर्दा काम रोकिन सक्छ। आफन्तले सामान्य सहयोग जुटाउनेछन्। साेमवारदेखि नयाँ काम सुरु गर्न सकिनेछ। आम्दानी बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले ठूलो योजनातर्फ अग्रसर भइनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिलाे हुनेछ।यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय लाग्न सक्छ। श्रम गरेर मनग्य लाभ उठाउन सकिनेछ। हिम्मतले कार्य सम्पादन हुनेछ। साेमवारपछि आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला। बीचमा केही व्यवधान भए पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। सरल जीवनशैलीले धेरै प्रभावित हुनेछन्। नयाँ काम प्रारम्भ गर्न सफल भइनेछ। जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि हट्नेछन्। सबल कर्मले शत्रुहरूसमेत नजिकिन सक्छन्।यो साताका लागि शुभ अङ्क २, ७ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।