वैशाख २४ गते देखी वैशाख २७ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :
सुरुमा स्वास्थ्यमा समस्या आउनसक्छ भने अध्ययनको लक्ष्य प्राप्त नहुन सक्छ। धनमाल सुरक्षामा पनि विशेष सावधानी अपनाउनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। सहयोगी जुट्नाले आँटेको काम बन्नेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हात पार्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आफ्नो प्रसिद्धि पनि बढ्नेछ। आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :
प्रियजनसँग रमाइलो भेटघाट भए पनि पनि साताको प्रारम्भ केही उतारचढावमय रहनेछ। लगनशीलताले केही अवसर भने दिलाउनेछ। स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। बुधवारसम्म अलि अप्ठ्यारो परिस्थिति सुल्झाउन जुट्नुपर्ला। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ। विशेष काम थाल्न उपयुक्त समय प्रतीक्षा गर्नुहोला। यो साताका लागि शुभ अङ्क २९ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह : विभिन्न अवसर प्राप्त हुनुका साथै रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। बिहीवारदेखि भने केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। समस्या दर्साउँदा सहयाेगीहरूले साथ दिनेछन्। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काममा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो :
यो साता भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला साताको मध्यबाट साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । यो साताका लागि शुभ अङ्क १४ ६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भगवती दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे :
प्रारम्भमा पारिवारिक समस्या र घरेलु कामकाजले अलमल्याउन सक्छ। अरूको भर पर्दा कामकाे उपलब्धि कमजाेर हुनेछ। मंगलवारदेखि स्थिति अनुकूल बन्नाले बाधाहरू हट्नेछन्। अध्ययनमा लगाव बढ्नुका साथै बौद्धिक काम गर्ने अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखापर्नेछन्। विभिन्न भौतिक साधन प्राप्त हुनुका साथै नयाँ काम थालनी हुनेछ। लाभांश बढ्नाले पछिका लागि रकम सञ्चय गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो पनि कसिन सक्छ।यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो :
यो साता पारिवारिक सद्भाव बढ्नेछ । प्रेम जीवन सफल रहने र विपरित वर्ग प्रति आकर्षण बढ्नेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि पनि हुने देखिन्छ, तर स्वास्थ्यप्रति गम्भीर हुन बढी आवश्यक छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गादेवीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते :
यो साता अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ र शुभ कार्यको योजना बन्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । आफन्त र सहयोगी हातहरू अघि बढ्नेछन् । जग्गाजमिनको कारोबारबाट राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु:
सुरुमा चिताएको काम सम्पादन हुनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्ल हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मंगलवार र बुधवार केही जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधानीसाथ काम गर्नुहाेला। सानाे कमजाेरीले आलाेचित बन्नुपर्ने हुन सक्छ, वादविवादमा अघि नसर्नुहाेला। बिहीवार र शुक्रवार परिस्थिति अनुकूल बन्नाले लक्ष्य प्राप्ति हुनेछ। साथीभाइकाे सहयाेगले काम सम्पादन हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। सप्ताहान्तमा भने पारिवारिक समस्याले मन खिन्न तुल्याउनेछ।यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे:
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा तथा कामकाे चापले केही थकित तुल्याउन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। तर अरूका लागि जुट्तैमा समय बित्नेछ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला। नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आलोचकहरूले सताउन सक्छन्। सप्ताहान्तमा स्थिति अनुकूल हुनाले धेरै काम बन्नेछन्। बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि:
यो साता साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द:
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। लगनशीलताले पद–प्रतिष्था दिलाउन सक्छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। आम्दानीका साथै कामको दायित्व समेत बढ्न सक्छ। बिहीवारदेखि भने अधिक खर्च हुने देखिन्छ। परिस्थितिवश अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृदेवको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि:
यो साता शैक्षिक क्षेत्रबाट सफलता मिल्ला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारबाट पनि लाभ मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क १.२ र शुभ रङ्ग कलेजी वा घ्यू रङ्ग हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।



