राजनीति'अब त अति भयो'- गगन थापा

‘अब त अति भयो’- गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र तीव्र असन्तुष्टिको संकेत गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी संस्थापनप्रति आफ्नो तीतो ओकलेका हुन् ।

अहिलेसम्म पार्टीको जिम्मेवारी र सीमाका कारण प्रतिरोध गर्न नसके पनि अब मौन नबस्ने गगनको भनाइ छ ।

उनले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो !’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img