Saturday, May 17, 2025
राशिफलदैनिक राशिफल२०८१ वैशाख २० गते बिहीवारको भाग्यफल
spot_img

२०८१ वैशाख २० गते बिहीवारको भाग्यफल

spot_img

आजको पञ्चाङ्ग: वि. सं. : २०८१ वैशाख २० गते बिहिबार | इ.सं. : 2nd May 2024 (Thursday) | सूर्योदय: विहान ०५:२६ बजे | सूर्यास्त: बेलुका १८:३८ बजे | तिथि : नवमी २२:५५ सम्म, तत्पश्चात् दशमी | पक्ष : वैशाख कृष्णपक्ष
नक्षेत्र : धनिष्ठा २३:१६ सम्म, तत्पश्चात् शतभिषा | योग : शुक्ल १५:०८ सम्म, तत्पश्चात् ब्रह्म | करण : तैतिल १२:०२ सम्म, तत्पश्चात् गर | चन्द्रराशि: मकर १२:०० सम्म, तत्पश्चात् कुम्भ | ऋतु : वसन्त |अयन : उत्तरायण

मेष – यो समय तपाईंको लागि कामको चटारो छ। साना कुराहरूमा पनि आफूले नै धेरै मेहनत गर्नुपर्ने छैन। आज आत्मसम्मान झल्कने दिन हो। तपाईंले गर्ने निर्णय र नेतृत्व फलदायी हुनेछन्। परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाउने हुनाले अध्ययनमा लाग्नुपर्छ। सङ्घर्षलाई नै जीवनको अर्को नाम मान्नुहोस् र अघि बढ्नुहोस्। त्यसो गर्दा महत्त्वाकाङ्क्षा पूरा गर्न र करियरमा परिवर्तन ल्याउन सक्नुहुनेछ। तपाईंले गर्नुभएको प्रयासबाट नै सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

बृष – यो दिन तपाईंले अप्रत्यासित खुशीको समाचार सुन्नुहुनेछ। कामका कारणले देश वा विदेशको यात्रा गर्नुपर्ने वा घर छाड्नुपर्ने परिस्थिति आउन सक्छ। मन हलुका र खुशी हुनेछ। लवमेट वा प्रेमीप्रेमीकाबाट कुनै सुन्दर उपहार पाउनुहुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नेछ। तपाईंले सिनियर्सलाई खुशी बनाउन सक्नुहुनेछ। कारोबारबाट फाइदा हुनेछ वा नोकरीमा प्रशंसा पाउनुहुनेछ। अचानक हातमा धनसम्पत्ति आउन सक्छ।

मिथुन – करियर वा कामधाममा कुनै किसिमको बाधा आएको छ भने तनाव लिनुभन्दा काम गुणस्तरीय बनाउन प्रयास गर्नु राम्रो हुन्छ। स्वास्थ्य अवस्था राम्रो नभए पनि काममा लाग्नुपर्ने परिस्थिति छ। स्वस्थ रहन र आराम गर्न समय छुट्याउनुहोस् र पौष्टिक आहार खानुहोस्। कुनै गोप्य र रहस्यात्मक कुराको जानकारी पाउनुहुनेछ। तर आज तपाईंलाई धेरै नकारात्मक विचारहरू आउँछन्। कसैको असम्भव आशा वा बहकाउमा नफस्नुहोस्।

कर्कट – तपाईंले आनन्द र रमणीयताका लागि समय छुट्याउनुहुनेछ। घुमफिर वा पर्यटनको मनसाय पनि बन्नसक्छ। जीवनसाथी वा प्रेमीका भावनाको कदर गर्दै मौज-मस्तीमा धनरकम खर्च गर्नुहुनेछ। काममा भन्दा पनि मनोरञ्जनतर्फ आकर्षित हुनुहुनेछ र सुखभोग गर्न पाउनुहुनेछ। घरपरिवारमा समय बिताउने दिन हो। मन प्रसन्न रहनेछ। लवमेटसँग गुमफिर गर्ने वा कुनै समारोहमा एकसाथ सहभागी हुने अवसर मिल्नेछ।

सिंह – असहाय र दुःखी मानिसहरूलाई सहायता गर्दा मनमा सन्तुष्टिको अनुभव हुनेछ। घरसँग सम्पर्क छैन भने गरी बृद्ध आमाबुबाबाट आशीर्वाद लिनुहोस्। स्वास्थ्य क्षेत्र, काठपात, ढुंगा र ढुवानी व्यवसायीहरूले आयस्रोत बढाउन सक्नुहुनेछ। तर काममा विभिन्न चुनौती र सङ्घर्ष झेल्नुपर्नेछ। घरपरिवारमा सुखशान्तिको वातावरण रहनेछ र पतिपत्नीको तालमेल कायम हुनेछ। तर एक-अर्काको भावनाको सम्मान गर्नु समुचित हुन्छ।

कन्या – आत्मविश्वास बढ्नाले थप सफलता प्राप्त हुनेछ। शिक्षा, आर्थिक कारोबार, सुनचाँदीका गहनाव्यापारीहरूका लागि राम्रो दिन छ। मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ। टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाउनुहुनेछ। पढाइप्रति रुचि जाग्नेछ। रचनात्मक समय छ। विज्ञान वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ।

तुला – यो दिन घरीघरी मन अशान्त हुन्छ। एक्लै बसेर घोरिनुभन्दा हालको अवस्थामा नै ध्यान केन्द्रित गर्नाले केही फाइदा हुनसक्छ। प्रेम जीवनमा केही असहजता वा बाधा आउन सक्छ। तर घरपरिवार र साथीभाइको साथ पाउँदा मन प्रसन्न रहनेछ। मायाप्रीति र आपसी नजिकता बढ्नेछ र मित्रता र प्रेमको बन्धन कसिनेछ। कुनै भोज वा पार्टीमा अतिथिका रूपमा सत्कार पाउन सकिनेछ।

बृश्चिक – दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ। पुरानो साथी र सहयोगीहरूसँग भेटघाट हुनसक्छ। बहुप्रतीक्षित अभिलाषा पूरा हुने समय छ। अरुको समस्यामा सहयोग गर्नुपर्ने हुनाले अध्ययनमा बाधा पर्न सक्छ तर सन्तुष्टि मिल्नेछ। परिश्रमको प्रतिफल पाउनुहुनेछ, जसले तपाईंको शक्ति र प्रतिष्ठा बढाउनेछ। आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्या सजिलै समाधान गर्न सक्नुहुनेछ।

धनु – बोलीमा विशेष बल हुनेछ। मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा सफल हुनुहुनेछ। सानै प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ। आम्दानी बढ्नेछ र तिर्नुपर्ने रकम हातलाग्नेछ। शेयर बजारमा लगानी गर्न अनुभवीको राय लिनु उपयुक्त हुनेछ। स्थिर प्रयोजनको धनमा पनि लगानी बढाउनुहोस्। कार्यकुशलताको प्रदर्शन गरी धन, मान र प्रतिष्ठा कमाउने समय छ। नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोगबाट फाइदा लिन सकिन्छ।

मकर – घुमफिर वा मनोरञ्जनका योजना बनाउन सक्नुहुन्छ। तर जिद्दी नहुनुहोस्, नत्र साना कुरामा विवाद हुनसक्छ। असम्भव आशा वा जोखिमपूर्ण कार्यमा धन लगानी नगर्नुहोस्। घर र परिवारको याद आउँदा मानसिक तनाव बढ्न सक्छ। काम र घरमा खुशीयाली छ। आर्थिक सुस्ती भएको छ भने नयाँ रणनीति लागू गर्नुहोस्, सफलता पाउनुहुनेछ।

कुम्भ – यो समय छलछाम र हेलचक्र्याइँ नगर्नुहोस्। पार्टनरसँग खुलेर गोप्य कुरा भन्न र विश्वास जित्न सकेमा मात्र प्रेम सफल हुन्छ। मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ। यात्राबाट लाभ मिल्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार आउनेछ। लगानीमा सावधानी अपनाउनुहोस्। व्यापार, यातायात र ढुवानी व्यवसायबाट लाभ लिन सकिन्छ।

मीन – आफूभन्दा कम शक्तिशाली भाइबहिनी वा साथीहरूलाई अर्ति बुद्धि दिन मन लाग्नेछ। संस्कार र संस्कृतिका बारेमा सिकाउने समय हो। घरमा अभिभावक वर्ग र काममा सिनियर्सभन्दा जुनियर वा भाइबहिनीहरूको सहायता पाउने दिन छ। राजनीति वा समाजसेवा नै तपाईंको कामक्षेत्र हो भने नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ। सिनियरहरूलाई खुशी पार्न नसकिए पनि सहकर्मी साथीहरूको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ। मनोरञ्जनमा दैनिक खर्च बढ्न सक्छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img