इलाम | मेची राजमार्गअन्तर्गत इलामको रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भई राजमार्गबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियोे । दुर्घटनामा मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि झापा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।