Thursday, June 12, 2025
राशिफलदैनिक राशिफलमङ्सिर १२ गते बुधवारको भाग्यफल

मङ्सिर १२ गते बुधवारको भाग्यफल

spot_img

वि.सं. २०८१ मङ्सिर १२ गते बुधबार, इ.सं. 2024 नोभेम्बर 27 तारिख, हेमन्त ऋतुको दक्षिणायनकालमा सूर्योदय विहान ६:३५ बजे र सूर्यास्त बेलुका ५:०६ बजे हुनेछ। मार्गशीर्ष कृष्णपक्षको द्वादशी तिथि राति ३०:१२ सम्म रहेर त्यसपछि त्रयोदशी प्रारम्भ हुनेछ। नक्षत्र चित्रा अहोरात्र रहँदा योग आयुष्मान १६:५६ सम्म र त्यसपछि सौभाग्य हुनेछ। करणमा कौलव १७:०७ सम्म र त्यसपछि तैतिल रहनेछ भने चन्द्रमा कन्या राशिमा १९:०१ सम्म रही त्यसपछि तुला राशिमा प्रवेश गर्नेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा विवाद हुनसक्छ, संयम राख्नुहोला। मानसिक उल्झन र चिडचिडेपन बढ्न सक्छ। लगनशील भएर काम गर्दा पद र सम्पत्ति फिर्ता आउनसक्छ। ५५% भाग्यबल। शुभ अंक: ६, शुभ रङ: रातो, शुभ दिशा: दक्षिण। मन्त्र: ॐ देवीद्यौराल्यै नमः (११ पटक जाप)।

-Ads-

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सांसारिक सुख र परिवारको सहयोग पाइनेछ। घरमा आशीर्वाद र सन्तोष मिल्नेछ। प्रयास गरिएमा कारोबारमा सफलता मिल्नेछ। ७०% भाग्यबल। शुभ अंक: ५, शुभ रङ: रातो/हरियो, शुभ दिशा: पूर्व। मन्त्र: ॐ ऐं श्रीं श्रीं बुधाय नमः (८ पटक जाप)।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य र परिवारलाई सन्तुलनमा राख्नुहोला। वैदेशिक काम र यात्राको अवसर मिल्न सक्छ। समय व्यवस्थापनले प्रेम र विश्वास बढाउँछ। ६०% भाग्यबल। शुभ अंक: ४, शुभ रङ: सिम्रिक रातो, शुभ दिशा: उत्तर। मन्त्र: ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः (८ पटक जाप)।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मिहिनेतले सफलता मिल्नेछ। कार्ययोजनामा राम्रो प्रतिफल देखिनेछ। घरपरिवार सुखमय रहनेछ। ५५% भाग्यबल। शुभ अंक: ३, शुभ रङ: हरियो, शुभ दिशा: पश्चिम। मन्त्र: ॐ बुं बुधाय नमः (८ पटक जाप)।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिका कारण छवि उज्ज्वल हुनेछ। नयाँ अवसर उपयोग गर्न सक्नुहुन्छ। धन र आयको नयाँ स्रोत पाइने सम्भावना छ। ७०% भाग्यबल। शुभ अंक: २, शुभ रङ: सेतो/उज्यालो, शुभ दिशा: दक्षिण। मन्त्र: ॐ सिद्धिलक्ष्म्यै नमः (११ पटक जाप)।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उत्साह र स्फूर्ति अनुभव हुनेछ। कार्यशैलीको प्रशंसा हुनेछ। पेसागत उन्नति र सन्तोष पाइनेछ। ८०% भाग्यबल। शुभ अंक: १, शुभ रङ: हरियो, शुभ दिशा: पूर्व। मन्त्र: ॐ रोहिणीपुत्राय नमः (८ पटक जाप)।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा दौडधूप गर्नु पर्नेछ। घरमा सतर्कता अपनाउनुहोला। ध्यान र योगले मानसिक शान्ति मिल्नेछ। ५५% भाग्यबल। शुभ अंक: ३, शुभ रङ: सेतो, शुभ दिशा: उत्तर। मन्त्र: ॐ त्र्यम्बकाय नमः (२१ पटक जाप)।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम सफल हुनेछ, नयाँ जिम्मेवारी पाउन सक्नुहुन्छ। प्रेम र सम्बन्धमा सद्भाव राख्नुहोला। दायित्व राम्रोसँग पुरा हुनेछ। ७०% भाग्यबल। शुभ अंक: २, शुभ रङ: सेतो, शुभ दिशा: पश्चिम। मन्त्र: ॐ गङ्गाधराय नमः (२१ पटक जाप)।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सम्बन्धमा विवादको सम्भावना छ। धन र पदको अवसर बढ्नेछ। साझेदारीका प्रस्ताव विचार गर्न उपयुक्त। ५५% भाग्यबल। शुभ अंक: १, शुभ रङ: हरियो, शुभ दिशा: दक्षिण। मन्त्र: ॐ सोमजाय नमः (८ पटक जाप)।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक क्रियाकलापमा संलग्न हुनु राम्रो। प्रयास सफल हुनेछ, आत्मविश्वास बढ्नेछ। प्रियजनसँग राम्रो सम्बन्ध हुनेछ। ६०% भाग्यबल। शुभ अंक: ९, शुभ रङ: हरियो, शुभ दिशा: पूर्व। मन्त्र: ॐ सोमप्रियकराय नमः (८ पटक जाप)।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा ध्यान दिनुहोस्। समस्या समाधान गर्न मिहिनेत गर्नुहोला। नयाँ उत्साह र प्रेरणा प्राप्त हुनेछ। ५०% भाग्यबल। शुभ अंक: ८, शुभ रङ: रातो, शुभ दिशा: उत्तर। मन्त्र: ॐ सङ्कटाभगवत्यै नमः (९ पटक जाप)।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मस्ती र प्रेमको समय हो। पार्टनरसँग समय बिताउँदा आनन्द हुनेछ। आत्मिक सन्तुष्टि र शान्ति पाइनेछ। ४५% भाग्यबल। शुभ अंक: ७, शुभ रङ: रातो, शुभ दिशा: पश्चिम। मन्त्र: ॐ राधाकृष्णाभ्यां नमः (११ पटक जाप)।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img