देशबागमती प्रदेशहेटौंडामा बहुविवाह मुद्दामा दोषी ठहर भएकी महिला तीन वर्षपछि पक्राउ

हेटौंडामा बहुविवाह मुद्दामा दोषी ठहर भएकी महिला तीन वर्षपछि पक्राउ

हेटौंडा | जिल्ला अदालत मकवानपुरले तीन वर्षअघि बहुविवाह मुद्दामा दोषी ठहर गरेकी ३४ वर्षीया सानु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।

घिसिङलाई मंगलबार हेटौंडा उपमहानगरपालिका-३ स्थित घरबाट पक्राउ गरिएको हो। अदालतले २०७९ चैत महिनामा घिसिङलाई ११ महिना १८ दिनको कैद र १० हजार रुपैयाँ जरिवाना तोकेर दोषी ठहर गरेको थियो।

प्रहरीले घिसिङलाई अदालतको आदेश अनुसार कैद भुक्तानीका लागि पेश गरेको छ र उनलाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ। चालु आर्थिक वर्षको अवधिमा प्रहरीले ४० जना फरार अभियुक्तहरुलाई अदालतमा पेस गरेको जानकारी जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img