इटहरी | उदयपुरमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उदयपुरको चौदन्डीगढी नगरपालिका ९ स्थित मदन भण्डारी लोकमार्गमा प्रदेश १-०४-००१ च १३८६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय ४५ वर्षीया कमलादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भएर सडक नजिकै फलैँचामा बसिरहेकी चौधरीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि नगर अस्पताल बेल्टार लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।