Tuesday, May 13, 2025
अन्तर्राष्ट्रियम्यारियम बनिन् भाइको सुरक्षा कवच
spot_img

म्यारियम बनिन् भाइको सुरक्षा कवच

spot_img

काठमाडौँ – उत्तर सिरियामा भूकम्पले भत्किएको घरको भग्नावशेषमा पुरिएका दुई बालबालिकालाई ३६ घण्टापछि उद्धार गरिएको छ।

दिदी म्यारियमले भाइको टाउकोमाथि आफ्नो पाखुरा राखेर उनलाई भग्नावशेषबाट जोगाएको भिडियो सार्वजनिक भएको छ। घरको भग्नावशेषमा मुस्किलले हलचल गर्न मिल्ने स्थिति रहे पनि भाइ इलाफको अनुहार र टाउको जोगाउन आफ्नो हात चलाउन सक्ने स्थितिमा दिदी म्यारियम थिइन्। ‘मलाई यहाँबाट निकाल्नू न। म तपाईंका लागि जे पनि गर्न तयार छु,’ दिदी म्यारियमले उद्धारकर्तालाई भनेकी थिइन्।

भिडियोमा उत्तर सिरियाको हरम प्रान्तको वेस्नाया सेच गाउँको एक घरमा दुई बालबालिका भग्नावेशले च्यापिएको देखिन्छ। ‘म तपाईंको नोकर हुनेछु,’ म्यारियमले भनेकी थिइन्। प्रत्युत्तरमा उद्धारकर्मीले ‘नो, नो’ भनेका थिए।

ती बालबालिकाका पिता मुस्ताफा जुहिर एल सयदका अनुसार इस्लामिक नाम इलाफको अर्थ सुरक्षा हो। सयदका अनुसार सोमबार सबेरै पत्नीसहित ३ बालबालिका सुतिरहेका अवस्थामा शक्तिशाली भूकम्प गएको थियो। उक्त स्थानमा विगत एक शताब्दीकै सबैभन्दा ठुलो भूकम्प गएको थियो। ‘हामीले पुरै जमिन हल्लेको अनुभव गर्‍यौं। घर भत्केपछि भग्नावशेष हाम्रो टाउकोमाथि झरेको थियो। हामी दुई दिनसम्म भग्नावशेषभित्र बस्यौं,’ उनले भने, ‘हामी त्यस्तो अवस्थामा थियौं, म आशा गर्छु, त्यस्तो कसैलाई नहोस।’

भग्नावशेषमा पुरिएको अवस्थामा उनको परिवारका सदस्यले कुरान पाठ गरिरहेका थिए। अरूले सुन्न सकुन् भनेर उनीहरूले चर्काे आवाजमा प्रार्थना गरिरहेका थिए। ‘मानिसहरूले हामीलाई सुनेछन् र म, मेरी पत्नी र हाम्रा बालबालिकाको उद्धार भयो। हामी सबै जीवित रहन पाएकोमा भगवान्लाई म धन्यवाद दिन चाहन्छु। हामीलाई उद्धार गर्नेलाई पनि म धन्यवाद दिन्छु,’ सयदले भने।

म्यारियम र उनका भाइ इलाफलाई कम्बलमा बेरेर बाहिर निकालिएको दृश्य भिडियोमा देख्न सकिन्छ। उनीहरूलाई निकाल्दा उपस्थित सबैले जयजयकार गरेका थिए। उनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

सयदका अनुसार उनको घर विद्रोहीले कब्जा गरेको उत्तरी सिरियामा पर्छ। उनको क्षेत्रमा कम्तीमा १२ सय २० जनाको मृत्यु भैसकेको छ। ‘सिरियन सिभिल डेभेन्स’ नामक मानवीय सहायता समूहका अनुसार मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने देखिएको छ। सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार सिरियामा हालसम्म २५ सयको मृत्य भैसकेको छ। यसमध्ये आधा सरकारी नियन्त्रणमा रहेको क्षेत्रका हुन्। टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार भूकम्पअगाडि सिरियाका ७० प्रतिशत जनतालाई मानवीय सहयोगको आवश्यकता थियो। ‘भूकम्पको यो संकटले पहिला नै जोखिममा रहेका परिवारलाई नराम्ररी प्रभावित पारेको छ,’ सिरिया र टर्कीका लागि संयुक्त राष्ट्रसंघको आवासीय कार्यालयले भनेको छ। संयुक्त राष्ट्रसंघले तत्कालका लागि खाद्यवस्तु, आवास, गैरखाद्य सामाग्री तथा औषधि जस्ता सामग्रीहरूको आपूर्तिमा जोड दिएको छ। नागरिक दैनिक

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img