Friday, January 17, 2025
साहित्यकर्मकाण्ड

कर्मकाण्ड

हिन्दु धर्ममा पुस्तक हरु
दुई भागमा विभाजीत छन
श्रुति र स्मृति।

श्रुति र स्मृतिमा
महात्म्यहरु राखीएको छैनन
रुद्री राखीएको छैन
अनि मुख्य कुरा त
दैनिक जीवन मा गरिने कर्मकाण्ड राखीएको छैनन।
सायद रुद्री, कुनै पुराणको अंशको रूपमा लिइन्छ
जसरी स्वास्थानीमा स्कन्द पुराणको उल्लेख गरिएको छ।

प्रसङ्ग बदलौं
सत्य नारायणको पुजा विधि लाई कर्मकाण्ड भन्ने
कि धार्मिक कथा
अन्त्य पद्धती लाई कर्मकाण्ड भन्ने कि कर्म
विवाह पद्धती देखि जन्म, जरा र मृत्यु सम्म गरिने
विभन्न अनुष्ठान लाई
कुन पुराणको संज्ञा दिएर

श्रुति र स्मृतिमा समावेस गर्ने
किनकी समावेश गर्दा
हिन्दु धर्मको दर्शनले पूर्णता पाउँदथ्यो।

प्रसङ्ग फेरि बदलौं
के वेद र पुराण चाहिँ कर्मकाण्ड होइनन
जहाँ पनि कर्म गरिन्छ
हवन इत्यादि देखि पढाई र कथा वाचन को कर्म
त्यसैले मेरो विचारमा
कि त श्रुति र स्मृतिमा अन्य पुस्तकहरू पनि राखिनुपर्छ
नभए श्रुति र स्मृतिलाई पनि
कर्मकाण्ड को मुनि राखिनु पर्छ
पुनः धार्मिक दर्शनको समीक्षा गरेर ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img