Friday, June 13, 2025
साहित्यराक्षस

राक्षस

spot_img
  • अर्जुन दाहाल

उ राक्षस हो
उ भित्र राक्षसी प्रवृत्ति छ ।

उ मन लागेको खानेकुरा खान्छ
खानामा बार्दैन
उ मन लागेको कुरा लगाउँछ
वस्त्रमा उसको कुनै भेदभाव छैन
उ राम्रो लागेको कुरालाई
बल जफत आफ्नो बनाउन खोज्छ
उ प्रेमलाई नकार्दैन
समग्रमा भन्दा
उ भित्र काम क्रोध लोभ मोह चारै गुण विद्यमान छ ।

-Ads-

देवताका राजा इन्द्रलाई पनि
स्वर्गको लोभ थियो,
त्यसैले १०० अश्वमेध यज्ञ कसैले नगरोस भन्दथे।
इन्द्रलाई कामको अशक्तता थियो
त्यसैले ऋषि पत्नी अरुन्धतीको सँग भोग विलास गरे
इन्द्रमा क्रोध थियो

त्यसैले असुरको संहार गरे
इन्द्रमा मोह थियो
शक्तिशाली रहन उनले दधीचिको हाडको बज्र बनाए ।
तर इन्द्र देवताका राजा थिए ।

काम क्रोध लोभ मोह त
महादेवमा पनि थियो
त्यसैले छल पूर्वक सतीदेवी सँग विवाह गरे
काम क्रोध लोभ मोह त
लक्ष्मीमा पनि थियो
त्यसैले समुन्द्र मन्थन बाट बाहिरिएपछि
बिष्णुलाई रोजिन
काम क्रोध लोभ मोह त
ब्रह्मामा पनि थियो
मोहमा परेर आफ्नो मानस पुत्री सरस्वती अंगाले
काम क्रोध लोभ मोह त
कृष्णमा पनि थियो
त्यसैले राधा सँग प्रेम गरी
रुक्मिणी लक्ष्मी हुन भन्ने जानी
रुक्मिणीलाई हरण गरे
तर धर्मले हरणलाई बहादुरीता भन्यो
किनकी उनीहरू धार्मिक थिए।

वास्तविक राक्षस को हो त
उ भित्र विराजमान ईश्वरलाई थाहा होला
उसलाई प्रह्लाद कथा कण्ठै थियो
त्यसैले उसले यज्ञमा हवि
राक्षस गरु शुक्रचार्यलाई प्रदान गर्यो,
संहार भएका पितृ राक्षसलाई प्रदान गर्यो
न त इन्द्रलाई
न त महादेवलाई
न त बिष्णुलाई
न त ब्रह्मालाई।

एकै बाउ कश्यप ऋषिका छोरा
देवता र राक्षसबीचको फरक
सायद उसैलाई थाहा होला ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img