Sunday, September 8, 2024
साहित्यअसफलता
spot_img

असफलता

मृत्युको भयले
थिलथिलो भएको उसलाई
सबैले मृत्युको भय देखाए
कसले मार्ने र कसले बचाउने भन्ने उदघोषका साथ।
सायद मार्ने आशय बोकेका जति संहारकर्ता महादेवका भक्त थिए
बचाउने आशय बोकेका पालनकर्ता विष्णुका भक्त थिए
उसको असफलता को कामना गर्दै
ती रमिते भीड
उसको असफलताको गान गाउन थाले ।
कोही कसैबाट केही पाउने आशामा थिए
त्यसैले सबैले खोजे
आशालाई पुरा गरिदिने व्यक्ति
उसले हेरेर हाँसिदियो ।

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“प्रभु के हो असफलता ?”
ईश्वरले उसलाई जवाफ दिए
“आफ्नो इच्छा र आशा पुरा नहुनु पहिलो असफलता हो ।”

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img