Thursday, June 12, 2025
साहित्यआत्मा

आत्मा

spot_img

उसलाई आत्मामा विश्वास राख्न लगाउनेले
उसका मरेका पितृको आत्मा देखाउन सकेनन
त्यो भन्दा बरु
चमत्कार त धामी र झाँक्रीले गर्दछन
आत्माको नाममा ।
सपना त विज्ञानले पनि भन्दछ
जे सोचिन्छ त्यहि देखिन्छ ।

छल गर्नेले
उसको साथीलाई
पितृ भएर गफ गर्न भ्याए
विश्वास दिलाउन
त्यसैले त्यस्ता ब्यक्तिको आत्मा
परमात्मामा लिन छिट्टै होस भन्ने
यसै कविता मार्फत कामना गरिन्छ।
उसले आत्माको बारेमा बुझ्न
ईश्वरको भक्ति गर्यो
अनि ईश्वर प्रकट भए
उसले ईश्वरलाई सोध्यो

-Ads-

“नजन्मिने र नमर्ने आत्माको सृष्टि कसरी भयो प्रभु?”
ईश्वरले उसलाई भने
“धर्म प्रतिको विश्वासले” ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img