Wednesday, February 12, 2025
समाज३० लाख सरकारी रकममा गर्लफ्रेन्ड र छोरासहित भुवनको मस्ती

३० लाख सरकारी रकममा गर्लफ्रेन्ड र छोरासहित भुवनको मस्ती

काठमाडौं- नेपाली चलचित्र प्रवर्धन गर्न सरकारको ३० लाख आर्थिक सहयोगमा दुबइमा भएको नेपाल फेस्ट केही कलाकार, केही पत्रकार, केही चलचित्र विकास बोर्डका पदाधिकारी अनि केही सञ्चार मन्त्रालयका कर्मचारी सहभागी भए।

चार दिनसम्म चल्ने फेस्टका लागि चलचित्र विकास बोर्डले मानव तस्करी र वैदेशिक रोजगार ठगीमा मुछिएको सूर्य कर्पोरेसनलाई ३० लाखमा जिम्मा दिएपछि अधिकांश कलाकारहरूले फेस्टको विरोध गरेका थिए।

अनुमति नै नलिई फिल्म प्रदर्शन गर्न खोज्दा महापुरुष टिमले सार्वजनिक रूपमा आपत्ति जनायो भने वरिष्ठ कलाकार निर शाह र कलाकार विजय लामाले अनुमति नै नलिई कार्यक्रमको पोस्टरमा तस्बिर राखेको भन्दै आपत्ति जनाए।

फिल्म क्षेत्रमा चौतर्फी विरोध भए पनि आफ्नो व्यापारिक साझेदारी समेत रहेको विवादित कम्पनीसँगको सहकार्य तोड्न चाहेनन् बोर्ड अध्यक्ष भुवन केसीले।सरकारी रकम छोरा तथा कलाकार अनमोल केसी अनी आफूसँग लिभिङ टुगेदरमा बसेकी जिया केसीलाई लिएर उनी दुबई पुगेका थिए।

उनीसँगै कलाकार उपासनासिंह ठकुरी, ऋचा शर्मा, शिव श्रेष्ठ, बोर्ड सदस्य राज कटुवाल, प्रशान्त ताम्राकार, निर्देशक रामबाबु गुरुङ, अर्जुन कुमार निर्देशक भूषण दाहाल सूर्य कर्पोरेसनको अतिथि बनेर फेस्टमा सहभागी भए।

हास्य कलाकार सन्दीप क्षेत्री लामो समयदेखि विवादित कम्पनीको कार्यक्रममा सहभागी हुँदै आएका छन्। उनी यस पटक पनि दुबइ गए। हल सञ्चालक नकिम उद्दिन, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, पनि सहभागी थिए।

‘चिप्ल्याउने अंकल’को रुपमा परिचित कार्यक्रम सञ्चालक प्रकाश सुवेदी श्रीमतीसहित नेपाली फिल्म प्रमोसन गर्न दुबई पुगेका थिए। उनीहरूसँगै केही पत्रकार र केही युट्युबवर दुबई पुगेका थिए। दुबइको होटेल होलिडे इनमा कस्तो कार्यक्रम भयो दुबइका सञ्चारमाध्यमहरूमा समाचार भेटिएन। नेपाली मिडियामा पनि नेपाली फेस्टबारे न्यून समाचार मात्र फेला परे।

बरु सामाजिक सञ्जाल फेस्टको बहानामा दुबई पुगेका परिवारको तस्बिरले बढी भरिएको थियो। फेस्टमा सहभागीहरूको तस्बिरले दुबईमा नेपाली फिल्मको लोकेसन भन्दा दुबईको लोकेसनको प्रमोसन गरिरहेको थियो। चार दिन भएको फेस्ट सक्किएपछि भुषणसहितका केही पाहुना नेपाल फर्किसकेका छन्। केही उतै घुमघाम गरेर नेपाली फिल्म प्रमोशनमा ब्यस्त छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस