Thursday, March 20, 2025
साहित्यश्राद्ध

श्राद्ध

सायद
पितृ जति
कोही मोक्ष गति पाएर लिन भए होला
त कोही नयाँ जन्म पाएर
धरतीमा टन्न पेट भरिने गरी
खाँदै होलान।
हामी श्राद्ध देखि सोह्र श्राद्ध,
तीर्थ श्राद्ध देखि घरमा श्राद्ध
गरी बसेका छौँ।
उसले बोल्यो
यी संसारमा
श्राद्धको भाग नखाने पितृ मात्र छन्
कोही एक तिर पिण्ड दिने
त कोही अर्को तिर जन्मिएर
टन्न पेट भरिने गरी खाने।
यो शास्त्र सम्मत कुरा हो।
श्राद्ध एक दिवङ्गत व्यक्तिलाई
सम्झिने परम्परा मात्र हो,
त्यसैले सधैँ सम्झिँदा
सधैँ श्राद्ध ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img