Monday, April 21, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौंडा-९ निकृष्ट बालश्रम र बाल विवाह मुक्त घोषणा हुँदै
spot_img

हेटौंडा-९ निकृष्ट बालश्रम र बाल विवाह मुक्त घोषणा हुँदै

हेटौंडा | हेटौंडा उपमहानगरपालिका वडा नं. ९ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ। यस घोषणासँगै वडा निकृष्ट बालश्रम मुक्त र बालविवाह मुक्त क्षेत्रको रूपमा मान्यता प्राप्त गर्नेछ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष सुकराम केसीले वडाले नेपाल सरकारले तोकेको ५१ सूचकहरूमध्ये ४७ सूचकहरूमा १०० प्रतिशत उपलब्धि हासिल गरिसकेको बताएका छन् । जसमा बालश्रम, बालविवाह, र बालअधिकारको संरक्षणका लागि अपनाइएका नीतिहरूको सफल कार्यान्वयन रहेको उनको भनाई थियो । बाँकी सूचकहरूमा पनि उल्लेखनीय प्रगति भएको बताइएको छ।

वडामा हाल २७ सय ७ जना बालबालिका रहेका छन्, जसका लागि २५ वटा बालसमूह, १ वडा बाल सञ्जाल गठन गरिएको छ । घोषणा समारोह आश्विन ११ गते श्री प्रगति माविको प्राङ्गणमा आयोजना गरिने अध्यक्ष केसीले बताए ।

यस घोषणाले वडामा बालबालिकाका लागि सुरक्षित, स्वस्थ, र समावेशी वातावरण निर्माणमा मद्दत गर्ने र स्थानीय शासनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

 

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img