मकवानपुर – हेटौंडामा लघुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुदमा बिरोध प्रदशन भएको छ । संघर्ष समितिले नेपाल सरकारसंग ५ बुंदे मागसहित बिरोध प्रदशन तथा धर्ना कार्यक्रम गरेको हो ।
बगामति प्रदेश, लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समितिले आज (मंगलबार) हेटौंडा उपमहानगरपालिका नजिकै लागुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुद्धमा बिरोध प्रदशन तथा धर्ना कार्यक्रम गरेको थियो ।
कार्यक्रममा किसानलाई निशुल्क ऋण प्रदानको माग गरिएको थियो । उनीहरुले सामन्तीको रुपमा स्थापित लघुबित्तिय संस्थाहरुको खारेज माग समेत गरेका थिए ।
माग पूरा गराउन दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित धर्ना दिएका हुन्।
उनीहरुको ५ बुंदे माग
- “नव सामन्तीको रुपमा स्थापित लघुबित्तिय संस्थाहरुको खारेज गर”,
- “लागुबित्तिय संस्थाहरुद्वारा लिइएको सामुहिक ऋण मिनाहा गर”,
- “आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर”,
- “आवश्यकता र क्षमतामा आधारित काम र दामको ब्यबस्था गर”,
- “समाजबादी अर्थतन्त्रको बिकास”