Sunday, September 8, 2024
खेल समाचारनेपालकाे लगातार चाैथाे जित, मलेसिया १० विकेटले पराजित
spot_img

नेपालकाे लगातार चाैथाे जित, मलेसिया १० विकेटले पराजित

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चाैथाे खेलमा विजयी भएकाे छ । मङ्गलवार यूएईमा भएकाे खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चाैथाे जित निकालेकाे हाे ।

मलेसियाले दिएकाे ७३ रनकाे सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायाे । नेपालका लागि दीपक बाेहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयाे । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बाेहराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्राे खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । याे जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ ।

-Google Ads-

अब नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । यूएईलाई हराएमा नेपाल समूह विजेता बन्दै विश्व कपमा छनाेट हुनेछ । यसअघि नेपालले सन् २०१६ मा विश्व कपमा स्थान बनाएकाे थियाे । १९ वर्षमुनिकाे विश्व कप आउँदाे वर्ष श्रीलङ्कामा हुँदैछ । याे प्रतियाेगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img