सुनसरी / इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका दुई हजार अति विपन्न परिवारलाई नि:शुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।
उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने जस अनुसार अधिकांसको निशुल्क बीमा पाईसेकेका छन । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरि बीमा कार्यक्रम सुरु गरिएको छ ।
कुनै पनि व्यक्ति साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बतउनु भयो । अति विपन्न परिवारले नि: शुल्क स्वास्थ्य बीमा पाउन वडाबाट सिफारिस लिएर आउनु पर्ने छ ।