Saturday, September 7, 2024
बागमती प्रदेशमकवानपुरए.आर.मार्टद्वारा विद्यार्थीलाई पोशाक वितरण
spot_img

ए.आर.मार्टद्वारा विद्यार्थीलाई पोशाक वितरण

हेटौँडा । ए.आर.मार्ट प्रा.लि.ले आफ्नो स्थापनाको चौथो वर्षगाँठसँगै वकैया गाउँपालिका वडा नं. ५ मा रहेको श्रि किसान जागरण सिद्धार्थ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ।

दोस्रो लकडाउनसँगै सुरु भएको ए.आर.मार्टले स्थापनाकै महिनादेखि समाज सेवाको क्रम थालेको थियो। लकडाउनकै समयमा वडा प्रहरी कार्यालयलाई मास्क र हेटौँडा अस्पतालका बिरामीहरूलाई खाजा वितरण गरिएको थियो।

“हामीले व्यवसाय सुरु गरेदेखि नै समाज सेवामा पनि ध्यान दिएका छौं,” ए.आर.मार्टका अध्यक्ष असीमराज ढुङ्गानाले भने, “हरेक वर्ष केही न केही सामाजिक कार्यक्रम गर्ने गरेका छौं।”

यसपटक विद्यालय पोशाक वितरणका लागि ए.आर. मार्टले ‘होम नेपाली’ संस्थासँग समन्वय गरेको थियो। विद्यालयमा अध्ययनरत करिब ९० विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ।

“विपन्न परिवारका बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,” ढुङ्गानाले भने, “भविष्यमा पनि यस्ता कार्यक्रम गरिरहने छौं।”

कार्यक्रममा वकैया गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीयवासीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा ए.आर.मार्टका सदस्य, ग्राहक, साथीभाई, आफन्तजन र स्टाफहरूको योगदान रहेको ढुङ्गानाले बताए।

-Google Ads-
Advertisementspot_img
Advertisement SPACE FOR ADVERTISEMENT

प्रकाशित मिति :

spot_img

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल