Wednesday, December 4, 2024
बागमती प्रदेशमकवानपुरहेटौँडा अस्पतालमा 'औषधि दान' गर्न पाईने

हेटौँडा अस्पतालमा ‘औषधि दान’ गर्न पाईने

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा आजदेखी ‘औषधि दान’ गर्न पाईने भएको छ । अस्पतालले शुक्रवारदेखि औषधि दानपत्र सेवा शुरू गरेसंगै मानवीय भावनाले प्रेरित व्यक्तिहरूले औषधि दान गर्न सक्नेछन्।

अस्पतालका सूचना अधिकारी राजिप झाले यस बारे जानकारी दिँदै भने, “यस अभियान अन्तर्गत नागरिकहरूले आफूसँग बचेका वा किनेर औषधिहरू दान गर्न सक्नेछन्।”

अस्पतालले विशेषगरी बीमा योजना अन्तर्गत प्राप्त भएका तर फिर्ता गर्न नमिल्ने औषधिहरू दान गर्न आग्रह गरेको छ। सूचना अधिकारी झाका अनुसार, बीमाबाट प्राप्त १० रुपैयाँ मूल्य बराबरको औषधि दान गर्दा अन्य आवश्यक बिरामीलाई सय रुपैयाँ बराबरको सहयोग पुग्नेछ।

संकलित औषधिहरूलाई “औषधि बैंक” को अवधारणा अनुसार व्यवस्थापन गरिनेछ । हरेक हप्ता वा तीन/तीन दिनमा औषधिहरूको अवस्था जाँच गरी प्रत्येक वार्डमा राखिने व्यवस्था मिलाइएको झाले जानकारी दिए । संकलित औषधिहरू आर्थिक रूपमा विपन्न बिरामीहरूको निःशुल्क उपचारमा प्रयोग गरिने बताउँदै उनले भने, “यसले विपन्न बिरामीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।”

झाले थप जानकारी दिँदै भने, “विशेष दिनहरूमा सहयोग गर्न चाहनेले औषधि किनेर दान गर्न सक्नेछन्। साथै, स्वास्थ्य शिविरबाट बचेका औषधिहरू पनि दान गर्न सकिनेछ।”

यो पहलले एकातिर औषधिको अपव्यय रोक्ने र अर्कोतिर गरीब बिरामीहरूलाई सहयोग पुग्ने विश्वास अस्पताल प्रशासनको रहेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

सिफारिस

spot_img