बागमती प्रदेशमकवानपुरहराएकी शिखा बकैयामा फेला

हराएकी शिखा बकैयामा फेला

हेटौँडा | फागुन ११ गतेदेखि सम्पर्कविहीन भएकी १६ वर्षीया शिखा अगस्ती मकवानपुरको बकैया गाउँपालिका–४, कर्मचुली क्षेत्रमा फेला परेकी छिन्। बुधबार दिउँसो २ बजे बकैयाका स्थानीयले शिखालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शिखा हेटौँडा–११, थानाभर्‍याङ निवासी हुन् र भुटनदेवी माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत छिन्। गत आईतबार विद्यालय छुट्टीपछि घर फर्कने क्रममा बेपत्ता भएकी थिइन्। उनी सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिरहेको थियो भने सामाजिक सञ्जाल र समाचारमाध्यममार्फत व्यापक प्रचारप्रसार गरिएको थियो।

मकवानपुर प्रहरीले शिखालाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरेको छ। उनी कसरी र कससँग बकैया पुगेकी हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक सोधपुछपछि थप विवरण सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img