बागमती प्रदेशमकवानपुरभारी वर्षाको जोखिम: हेटौँडा-काठमाडौँ जोड्ने दुई सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिम: हेटौँडा-काठमाडौँ जोड्ने दुई सडकमा राति सवारी चलाउन रोक

spot_img

हेटाैंडा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि मकवानपुर प्रशासनले पूर्वतयारी स्वरूप नयाँ यात्रा तालिका लागू गरेको छ। बाढी तथा पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ जोड्ने दुई मुख्य सडकखण्डमा असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि समयसीमा तोकेको हो।

प्रशासनका अनुसार कान्ति राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।

नयाँ समयसीमा अनुसार कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइनेछ। त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जाने सडकमा हेटौँडाको चौकीटोलबाट तथा फर्किने सवारीका लागि फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्रभञ्ज्याङबाट बिहान ५ देखि बेलुकी ५ बजेसम्म मात्रै यात्राको अनुमति रहनेछ।

​प्रशासकीय अधिकृत सन्तोष सुवेदीद्वारा जारी सूचनामा वर्षाका कारण जुनसुकै बेला पहिरो खस्ने सम्भावना रहेकाले तोकिएको समयअनुसार मात्रै यात्रा गर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img