हेटौँडा । साइकलमै बिश्व परिक्रमा गर्न हिडेका बिदेशी पर्यटकलाई राक्सिराङको जलपरी झरना तथा चमेरो गुफामा स्वागत गरिएको छ ।
साइकलयात्री इटालियन नागारिक ऐरे र जर्मन/इन्डियन नागरिक लिलीलाई राक्सिराङ ३ कि जनप्रतिनिधि अनिता शाह, फेकोफन राक्सिराङका अध्यक्ष सन्तोष थापा सहित सिद्धार्थ हरियाली सामुदायिक वनको टोलीले स्वागत गरेको हो । बिदेशी पर्यटकले स्थानीयको स्वागतले हर्षित बनाएको बताए । उनीहरुले जलपरी झरना, चमेरो गुफा सहित पर्यटकिय स्थलको अवलोकन गरे ।
वन जंगलको पुनरुत्थान, जैविक विविधताको संरक्षण र विभिन्न वन प्रजातिको अध्ययन अवलोकनमा आफुहरुको रुचि रहेको उनीहरुले बताए । साइकलयात्राका क्रममा विभिन्न देशको जैविक विविधता, जलवायु परिवर्तनबारे बुझ्ने मौका पाइएको उनीहरुको भनाई छ ।
बिदेशी पाहुनाको आगमनले जलपरी झरनाको अन्तराष्ट्रिय स्तरमा प्रचार हुने सिद्धार्थ हरियाली सामुदायिक वनका अध्यक्ष ज्ञानेन्द्र तामाङ बताउँछन । उनले जलपरी झरना तथा चमेरो गुफालाई स्वदेशी तथा बिदेशी पर्यटकको लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
गत जनवरीमा दक्षिण भारतको तामिलनाडुबाट साइकलयात्रा थालेका ऐरे र लिली करिब ५ हजार किलोमिटर यात्रापछि जलपरी आइपुगेका हुन । उनीहरुको चीन अफगानिस्तान, काजकिस्तानलगायत देश हुदै इटालीसम्म साइकलमै यात्रा गर्ने उद्धेश्य छ । उनीहरुसँगै एक कुकुरले पनि साइकलयात्रा गरिरहेका छन ।