Monday, April 21, 2025
देशगण्डकी प्रदेशबागलुङमा ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु
spot_img

बागलुङमा ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

ढोरपाटन : बागलुङको ढोरपाटनमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध१त ५११ नंको ट्र्याक्टरले ठक्कर दिँदा आज साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिने ट्र्याक्टर र चालक कसम पुनमगरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

चामिद्वारमा बालुवा झारेर बुर्तिबाङ फर्किँदै गरेको ट्र्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक भने बारीमा मल फालेर घर फर्कँदै गरेको खड्काले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img