समाजसडक दुर्घटनामा तेह्र जनाको मृत्यु, वीस घाइते

सडक दुर्घटनामा तेह्र जनाको मृत्यु, वीस घाइते

spot_img

इस्लामावाद (रासस /सिन्ह्वा) : पाकिस्तानको पूर्वी प्रान्तमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

पञ्जाब प्रान्तको रहिम यार खान जिल्लाको रुकनपुर क्षेत्र नजिक रहेको सुपर हाइवेमा आज बिहान भएको दुर्घटनामा १३ जनाको ज्यान गएको तथा २० जना घाइते भएका जिल्ला प्रहरी अधिकृत रिजवान उमर गोण्डलले बताएका छन् ।

राजमार्गमा गुडिरहेको यात्रीवाहक एउटा भ्यान टायर पड्केर पल्टँदा तीव्र वेगमा हुँइकिएको यात्रीवाहक अर्को कोच जीपमा ठोक्किएपछि १३ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी अधिकृत गोण्डलले बताए । प्रहरीका अनुसार घाइेतमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने संभावना छ । उद्धार टोलीले घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img