देशगण्डकी प्रदेशतनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

spot_img

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१प ०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट खसेको थियो। दुर्घटनामा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

घटनाको बारेमा जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले भने, “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ।” मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको उनले बताए।

प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ र मृतकहरूको पहिचानको प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img