सुनसरी / धरान उपमहानगरपालिकाको १० अौं नगरसभाको दोस्रो बैठक फागुन ३ गते हुने भएको छ ।
शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटोरियम हलमा सुरु भएको नगर सभाको उद्घाटन समारोहमा विधेयक , आचारसंहिता र एेन संशोधनको प्रस्ताव पेश भएपछि स्थगित भएको हो ।
९ अौं नगरसभाले स्वीकृत गरेको आर्थिक एेन २०७८ र विनियोजन एेन २०७८ मा केही बुँदा संशोधन गर्न प्रस्ताव पेश भएको छ । प्रस्ताव पेह भएपछि नगरसभा फागुन ३ गते हुने गरी स्थगित भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले बताए ।
उद्घाटन समारोहका प्रमुख अतिथि एवं संघीय सांसद जयकुमा राईले ५ वर्ष कार्यकाल सफल भएको भन्दै धरान उपमहानगरपालिका प्रदेश-१ मा सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने नगरको रूपमा चिनिएको बताए ।
उलने मुलुकर नै धरानको कार्यसम्पादनमा चर्चा भएको बताए । यस्तै नगर सभामा प्रदेश सभा सदस्यद्वय उमिता बराइली र सावित्री जोशीको पनि उपस्थिति रहेको थियोे । उनीहरूले संविधानले स्थानीय सरकारलाई दिएको अधिकार कुण्ठित गरेको बताइन् । साथै , उनीहरूले धरानको विकासमा एकजुट भएर लाग्न पनि आग्रह गरिन् ।
त्यस्तै धरानको १० अौं नगर सभाको दोस्रो बैठक फागुन ३ गते सुनसरी उद्योग वाणिाज्य संघको हलमा हुने गरि नगरसभाका सभाध्यक्ष एव नगर प्रमुख तिलक राईले स्थगित भएको घोषणा गरेका छन् । नगरसभाको पहिलो बैठकमा उपमहानगरपालिकाका पदाधिकारीको आचारसंहिता २०७८ पेश भएको छ । शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र सार्वजनिक निजि साझेदारी सम्बन्धि विधेयक २०७८ मा प्रस्तुत भएको छ ।