Wednesday, March 26, 2025
राजनीतिएमसीसी सदनमा टुबल गर्न सभामुख तयार, तर एउटा सर्तमा !

एमसीसी सदनमा टुबल गर्न सभामुख तयार, तर एउटा सर्तमा !

प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित अमेरिकी सहयोग परियोजना एमसीसी सदनमा टुबल गर्न ताकेता गरिरहेका बेला सभामुख अग्नी सापकोटा माथी एमसीसी टेबुल गर्न दबाव परेको छ ।

चौतर्फी दबावमा रहेका सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न तयार छौँ भनेर एमसीसी बोर्डलाई लेखेको पत्र सार्वजनिक भए पछि थप अप्ठेरोमा परेका छन् । प्रचण्डले परिचालन गरेर सापकोटाले एमसीसी रोकेको आरोप लागीरहेको बेला उनी पनि एमसीसी टेबुल गर्न तयार भएको खबर छ ।

सभामुख सापकोेटाले एमसीसीका विषयमा संसदमा सबै सांसदले बोल्न पाउँने गरि प्रस्ताव टेबल गर्न राजी भएको बताइएको छ । उनले यस बिषयमा सबै सांससदलाई बोल्न दिने गरि गृहकार्य गरिरहेको पनि बताइएको छ । माघ २६ गते बस्ने प्रतिनिधीसभाको बैठकमा एमसीसी पेस हुने सम्भावना देखिएको छ ।

संसदमा एमसीसी पेस गर्नका लागी सभामखु सापकोटाले एउटा सर्त राखेका छन् । संसद बैठक बस्ने दिननै सभामखुले कार्यव्यस्था परामर्श समितीको बैठक राखेका छन् । कार्यव्यवस्था परामर्श समितीको बैठकमा सहमती भए मात्रै एमसीसी टेबुल गर्ने प्रस्ताव सभामुखको छ ।

एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन् ।

सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेका हुन् । उनले यो प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्दैछन् । उनले संसद् बैठक बस्ने दिनमै २६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भए मात्र एमसीसी कार्यसूचीमा राखिने भएको छ ।

माओवादी केन्द्रले २८ गते एमसीसीको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । यसैबीचमा एमालेले भने सदनमा टेबुल भएपछि आफ्नो धारणा बनाउने तयारी गरेको छ । उपस्थित सङ्ख्याको बहुमतले एमसीसी पारित गर्ने तयारी कार्यक्रम बनाइएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img