प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमसीसी पारित गर्न तयार छौँ भनेर एमसीसी बोर्डलाई लेखेको पत्र सार्वजनिक भए पछि अबको राजनिती कसरी अघि बढ्ला भन्ने सर्वत्र चासो रहेको छ ।
एकातिर एमसीसीलाई लिएर सत्तागठबन्धनमा आएको खटपट र अर्को तिर सरकारले वैशाख ३० गते एकै चरणमा देशभर स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरे सँगै राजनितीक माहोल रोचक बनेको छ । सत्ता समिकरण नै परिवर्तन हुने सम्मका चर्चा चल्न थालेका छन् ।
यसै विच चर्चित राजनितीक विश्लेषक डा प्रेम शर्माले एमसीसी पास नहुने र हुन नहुने बताएका छन् । एमसीसीको पक्षमा नेपाली काग्रेसमा मात्रै एक मत रहेको देखिएको भन्दै डा शर्माले बाहिर बाट हेर्दा केपी ओली एमसीसीको पक्ष जस्तो देखिए पनि भित्री कुरा अर्कै रहेको बताएका छन् ।
‘नेपाली काग्रेस र माओवादी केन्द्र लगायतका दलहरु विच गठबन्धन भंग भए पनि एमसीसी पास नहुने जिकिर उनले गरेका छन् । गठबन्धन टुट्न सक्छ तर एमसीसी पास हुन सक्दैन ।’ डा शर्माले भनेका छन् । अहिलेको गठबन्धन टुटेको अवस्थामा एमसीसी पास गर्न एमालेले सहयोग गर्छ भन्ने तर्क कुरा नबुझ्नेहरुले गर्ने तर्क भएको शर्माले भनेका छन् ।
‘एमाले अध्यक्ष केपी ओलीले एमसीसी निर्णायार्थ पेस भएको अवस्थामा आफ्ना सांसदलाई ह्वीप लगाएर एमसीसीको पक्षमा मतदान गर्न लगाउँछन् भन्ने कसैले नसोचे हुन्छ ओलीको दाउ अर्कैछ ।’,यहाँ भन्दा बढि आफुलाई बोल्न नलगाउँन पनि शर्माले भनेका छन् ।
एक अनलाईन संगको कुराकानीमा विश्लेषक डा शर्माले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्र यो पटक पनि नमज्जा सँग नागिंएको बताएका छन् । प्रचण्डले अरुलाई त झुक्काएकै थिए यो पटक अमेरिकालाई पनि नमज्जा सँग झुक्काए ,अमेरिका फस्यो । उनले भनेका छन् ।
‘प्रचण्डको एउटै कुरा र स्वभाव अहिले सम्म कहिल्यै देख्नुभएको छ र ? प्रचण्डलाई चिन्न नसक्दा अमेरिका पनि फस्यो सायद यसले उसलाई नराम्रो असर गर्छ । प्रचण्डले जनयुद्ध गर्दा के भनेर गरेका थिए र अहिले कहाँ पुगे भन्ने त सबैले देखेकै छन् । ढाँट्नु ,छल्नु त प्रचण्डको विशेषतानै हो’, डा शर्माले भनेका छन् ।
डा शर्माले नेपालको राजनितीमा नयाँ केहि चिज तत्काल हुन लागेको संकेत गरेका छन् । केहि दिनमै सिन क्लियर हुने भन्दै उनले केहि दिन अघि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा , एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विच भएको भेट अर्थपुर्ण रहेको बताए । डा शर्माले सभामुख अग्नी सापकोटाको पद भने धरापमा परेको बताएता छन् ।