सुनसरी / हिजो बेलुका मोरङको जहदा गाउँपालिका-४ रामचौकमा लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् ।
हिजो बेलुका पौने ७ बजे रिसिदेव घाईते अवस्थामा रहेको जानकारी पाए लगत्तै सिमा प्रहरी चौकी पोखरियाबाट प्रहरी टोली खटि घाईतेलाई उद्दार गरि उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । घाईते रिसिदेवको उपचारको क्रममा पौने ८ बजे मृ’त्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।