सुनसरी / ईनरुवा नगरपालिका- ४ बसचोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार मृत्यु हुनेमा ईनरुवा नगरपालिका -३ का २७ बर्षीय श्याम सुन्दर यादवलाई उपचारको क्रममा मृत्यु भएको हो
हिजो सोमबार बेलुकापुर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालकको जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक र मोटरसाइकल दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।