Thursday, March 20, 2025
देशकोशी प्रदेशझापामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

झापामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

सुनसरी / झापाको मेचीनगर नगरपालिका- १३ चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रहेकी एक युवतीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यलय चारआलीका अनुसार इलामको रोङ गाउँपालिका- ६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।

ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमामा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक पाँचथर मिक्लाजुङका सुन्दर राज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img