डाेटी – दिपायलमा अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ ।
कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र अत्तरियालगायतका बजारमा आकर्षक भाउमा बिक्री भइरहेको छ ।
डोटीको बडीकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान व्यावसायिक रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।