Monday, January 13, 2025
देशकोशी प्रदेशप्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, भोलि शपथ ग्रहण

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, भोलि शपथ ग्रहण

सुनसरी / प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्ति भएका छन् । आज प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरिएको हो । कार्कीले भोलि सोमबार दिउँसो २ बजे शपथ ग्रहण हुने भएको छ । यससँगै उनी प्रदेश १ का चौथो मुख्यमन्त्री बनेका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img