Wednesday, January 15, 2025
देशकोशी प्रदेशमोरङमा बुहारीलाई ब'लात्कार गरेको आरोपमा ससुरा पक्राउ

मोरङमा बुहारीलाई ब’लात्कार गरेको आरोपमा ससुरा पक्राउ

सुनसरी : मोरङको सुनवर्षी नगरपालिका- ४ का एक जना ५८ वर्षीय पुरुषले बुहारीलाई ब’लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

डर, त्रास देखाएर आफ्नै घरमा ब’लात्कार गरेको भनेर किटानी जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरिएको प्रहरी कार्यलय मोरङले जनाएको छ ।

उनले २५ वर्षीया बुहारीलाई ब’लात्कार गरेको आरोप छ । पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा मंगलबार जाहेरी दिएकी थिइन् । सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img