Wednesday, February 12, 2025
देशकोशी प्रदेशहर्क साम्पाङले राखेको सिमा प्रारम्भको बोर्ड इटहरी युवा संघले उखलिदियो

हर्क साम्पाङले राखेको सिमा प्रारम्भको बोर्ड इटहरी युवा संघले उखलिदियो

सुनसरी / धरान उपमहानरपालिकाले इटहरी २० स्थित तरहराको पानीपियामा राखेको ‘सिमा प्रारम्भ’ बोर्ड इटहरीका युवाहरुले उखेलिदिएका छन् ।

नेकपा एमाले निकट युवा संघमा आबद्ध युवाहरुले मध्यराती ११ बजे उखेलेर इटहरी उपमहनगरपालिकाको परिसरमा जिम्मा लगाएको युवा संघका कमलजंग क्षेत्रीले बताए । उनले सीमा बोर्ड राख्ने विषयमा दुवै तर्फका स्थानीय सरकार बसेर छलफल गरेर बिबादरहित काम गर्नु पर्ने माग गरेका छन् । इटहरीले लामो समयदेखि सेउती पुल सम्मको भूभागलाई उपयोग गर्दै आएको छ ।

विवादकै बीचमा आईतबार धरानले एकतर्फी रुपमा बोर्ड राखेपछि इटहरीवासीले विरोध जनाएका छन् । बोर्ड निकालेपछि धरानका मेयर हर्क साम्पाङले पनि  कानुनी कारवाही अघि बढाउने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

मेयर साम्पाङले आज सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा ”धरानले आफ्नो साँध सिनामा सुनिश्चित गर्दा इटहरीको युवा संघले धरानको सिमाना बोर्ड उखेल्छ ! धरानको युवा संघले चाहिँ के उखेल्छ होला ? कि सिमाना सुनिश्चित गर्दैन धराने युवा संघले चाहिँ ?” लेखेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस