Tuesday, June 24, 2025
देशसुदूरपश्चिम प्रदेशकैलालीमा बाढीको कहर: एक युवतीको मृत्यु, पुल बगाए, बस्ती डुबानमा

कैलालीमा बाढीको कहर: एक युवतीको मृत्यु, पुल बगाए, बस्ती डुबानमा

spot_img

सुदूरपश्चिम | कैलालीमा अविरल वर्षाका कारण आएको बाढीले जनजीवन अस्तव्यस्त पारेको छ। गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीमा काठेपुल तर्ने क्रममा २० वर्षीया सुस्मिता चौधरीको बाढीमा बगेर मृत्यु भएको छ । प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलबाट १० मिटर तल उनको शव फेला पारेको थियो ।

प्रदेश आपत्कालीन सञ्चालन केन्द्रका अनुसार, घोडाघोडी नगरपालिकाको चुड्डीकाँडा नदी र डोडा नदीका काठेपुलहरू बगाएको छ, जसले गर्दा आवागमन अवरुद्ध भएको छ।

भजनी नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रमा बाढी बस्तीमा पसेपछि १५ घरपरिवार विस्थापित भएका छन्। उनीहरू हाल नजिकैको अग्लो स्थानमा रहेका आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

धनगढी उपमहानगरपालिकाको शिवनगर, वसन्त टोललगायत बस्तीहरू जलमग्न भएका छन्, र कतिपय घरहरूमा पानी पसेको छ। जिल्लाको दक्षिणी क्षेत्रको निम्न भूभागका बस्तीहरू विशेष प्रभावित भएका छन्।

अविरल वर्षाका कारण जिल्लाका मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img