Monday, May 12, 2025
स्वास्थ्यतपाईंको भान्सामा लुकेको 'विष': चार लोकप्रिय ब्रान्डका खानेतेल 'अखाद्य'
spot_img

तपाईंको भान्सामा लुकेको ‘विष’: चार लोकप्रिय ब्रान्डका खानेतेल ‘अखाद्य’

spot_img

काठमाडौं | काठमाडौं महानगरपालिकाले गरेको एक ताजा अध्ययनले नेपाली बजारमा बिक्री भइरहेका केही लोकप्रिय खानेतेल ब्रान्डहरू गुणस्तरहीन रहेको खुलासा गरेको छ। महानगरपालिकाले दैनिक प्रयोगमा आउने १३ लोकप्रिय खानेतेल ब्रान्डहरूको परीक्षण गर्दा ४ वटामा खतरनाक स्तरको पेरोक्साइड भ्यालु फेला परेको छ।

गुणस्तरहीन पाइएका खानेतेल ब्रान्डहरूमा पक्वान, अमृत, क्वालिटी र फेमिली रहेका छन्। पक्वान ब्रान्डको तेल श्रीराम रिफाइन्ड आयलले, अमृत ब्रान्डको तेल अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालिले, क्वालिटी ब्रान्डको तेल क्वालिटी आयल रिफाइनरी प्रालिले र फेमिली ब्रान्डको तेल शिवशक्ति घिउ उद्योग जीतपुरले उत्पादन गरेको पाइएको छ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, यी तेलहरूमा पाइएको उच्च पेरोक्साइड भ्यालुले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। उनले भने, “नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ, जसले गर्दा तेल अझ अखाद्य हुन्छ।”

महानगरपालिकाले यी कम्पनीहरूलाई प्रत्येक २ लाख रुपैयाँको जरिवाना गरेको छ र ३ दिनभित्र गुणस्तरहीन तेल फिर्ता लिई नष्ट गर्न निर्देशन दिएको छ। उपभोक्ताहरूलाई यी ब्रान्डका तेलहरू प्रयोग नगर्न र आफूसँग भएको यस्तो तेल तुरुन्त फिर्ता गर्न सुझाव दिइएको छ।

नमुना परीक्षणका लागि ३१ वैशाखमा ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो। यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारबाही गरिएको हो।

महानगरपालिकाले आगामी दिनमा थप ब्रान्डहरूको परीक्षण गर्ने र गुणस्तरहीन उत्पादनहरू विरुद्ध कडा कारबाही गर्ने जनाएको छ। यस कदमले उपभोक्ताहरूको स्वास्थ्य र अधिकारको संरक्षण गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img