Friday, February 7, 2025
समाजनारायणहिटी दरबार ह'त्याकाण्डको २१ वर्ष पूरा

नारायणहिटी दरबार ह’त्याकाण्डको २१ वर्ष पूरा

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको वंश विनाश अर्थात नारायणहिटी दरबार ह’त्याकाण्डको २१ वर्ष पूरा भएको छ ।

तत्कालीन राजा वीरेन्द्रको सवपरीवारको ह’त्या २१ वर्ष पहिले आजकै दिन भएको थियो । २०५८ जेठ १९ गते शुक्रबार बेलुकी राजदरबारभित्र पारिवारिक भेटभाटका बेला उक्त घटना भएको घटनामा वीरेन्द्रका भाईदेखि ज्वाइँसम्मको ह’त्या भएको थियो ।

घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुति, राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रमको पनि ह’त्या भएको थियो ।

उक्त ह’त्याकाण्डपछि घटनबारे छानविन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनेको थियो ।

सो समितिले युवराज दीपेन्द्रबाटै घटना भएको प्रतिवेदन सार्वजनिक गरेकाे थियो । उक्त प्रतिवेदन तत्कालीन तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेका थिए ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा दीपेन्द्रले नै सम्पूर्ण परिवारको गोली हानी ह’त्या गरेको र अन्तिममा आफूले आ’त्मह’त्या गरेको उल्लेख गरिएको छ । तर उक्त प्रतिवेदका बाबजुद आम नेपाली नागरिकमा भने उक्त ह’त्याकाण्डको तथ्यमा शंकाको जालो अझै बाँकी छ ।

उच्च सुरक्षा घेराभित्र रहेको नारायणहिटी राजदरबारका उक्त घटना कसरी सम्भव भयो भन्ने विषय आम नागरिक माझ अझै रहस्यकै विषय बनेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस