Tuesday, September 10, 2024
समाजहेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाउने !
spot_img

हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाउने !

मकवानपुर ।हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाउने तयारी गरेको छ । अबैध ढंगबाट सडक मिचेर बनाईएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको हो ।

सडक पेटी मिचेर निर्माण गरिएका संरचनाका कारण हेटौँडा बजार क्षेत्रमा पार्किङको समस्या बढेको गुनासो आएपछि उपमहानगरपालिकाले हेटौँडामा रहेका यस्ता अवैध संरचना हटाउन निर्देशन दिने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर मीना लामाले केही दिनभित्रै उपमहानगरपालिकाले ३५ दिनको सूचना जारी गरी यस्ता संरचना हटाउन निर्देशन दिने तयारी गरिरहेको इन्फो नेपाललाई बताइन् ।

मेयर बलेन शाहले काठमाडौं उपमहानगरपालिकाका अवैध संरचना हटाउन थालेपछि हेटौंडामा पनि यस विषयमा बहस भएको थियो । हेटौंडामा पनि सडक बक्स कब्जा गरेर पार्किङ निर्माण गरी व्यापार व्यवसाय बढेको भन्दै स्थानीयले उपमहानगरपालिकालाई सचेत गराएको सन्दर्भमा उपमेयरले सूचना प्रकाशित गर्ने तयारी गरेका छन् । उनीहरूको घरको लागि।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img