Sunday, January 19, 2025
समाजरविलाई गृहमन्त्रालय नै दिएर सरकारमा फर्काउने तयारीमा प्रचण्ड

रविलाई गृहमन्त्रालय नै दिएर सरकारमा फर्काउने तयारीमा प्रचण्ड

काठमाडौं – डेढ महिना नहुँदै सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने तयारी भएको छ ।

समर्थन तत्काल नगर्ने तरिकाले सरकारबाट केही दिनअगाडी मात्रै बाहिरिने निर्णय गरेको रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा ल्याउने गरि तयारी भइरहेको हो ।

प्रचण्डनिकट स्रोतका अनुसार उनलाई पुन गृहमन्त्रालय नै दिने गरी सरकारमा ल्याउने तयारी भइरहेको छ ।

सरकारबाट बाहिरीए पनि समर्थन फिर्ता नलिएका कारण प्रचण्ड सरकार संकटमा भने छैन । त्यस्तै सूचना तथा संचारमन्त्री रेखा शर्माले पनि रास्वपालाई सरकारमा ल्याउने कोशिस भइरहेको जानकारी दिइन् ।

रविलाई सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल भइरहेको समेत उनले जानकारी दिएकी छन् ।

रविले गृहमन्त्रालय नपाउने भएपछि सरकार छाडेको कतिपयले विश्लेषण पनि गरेका छन् ।

माओवादीले सरकारमा ल्याउने पहल गरेपनि रविले भने आफूले उपचुनाव नजितेसम्म कुनै पदमा नबस्ने घोषणा गरिसकेका छन् ।

नागरिकता विवादमा मुछिएका रविलाई सर्वोच्चले मन्त्री र सांसद पद नरहने गरेर फैसला गरेको थियो । उनले गत प्रतिनिधिसभा निर्वाचन-२ बाट जितेको ठाउँबाट उपचुनाव भिड्दैछन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img