काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्को गर्दै आफूलाई खेदेको बताए।
पत्रकार सम्मेलनमा पत्रकारहरु प्रति निकै आक्रामक देखिएका उनले आफूले गरेको काम १२ भाइले नदेखेको रविको आरोप लगाएका हुन् । आइतबार बसेको पार्टीको बैठकपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानले सो कुरा बताएका हुन् ।
उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘पासपोर्टमा मलाई मजाले फसाउनुहोला। म लड्छु। आफ्नो मुद्दामा म आफै मजाले लड्छु।’ लामिछानेले आफूलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए। १२ भाइ पत्रकारले एकपछि अर्को गर्दै आफूलाई खेदेको उनले भने, ‘कैलाश सिरोहिया आउने हो कि शिव गाउँले, अमित ढकाल । एक एक गरी चितवन २ मा आउनुस् । देश तपाईले चलाउने होइन, मिडियाले चलाउने होइन ।’
सभापति रवि लामिछानेले राहदानी (पासपोर्ट) दुरुपयोग गरेको दाबीसहित युवराज पौडेलले सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । रविले पासपोर्ट दुरुपयोग गरेको प्रमाण भएर पनि प्रहरीले उजुरी नलिएको दाबी गर्दै उनले मंगलबार सरकारी वकिलको कार्यालयमा उजुरी दिएका हुन् । प्रहरीले अस्वीकार गरेपछि पौडेलले जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिई प्रहरीलाई उक्त जाहेरी दर्ता गर्न निर्देशन दिन माग गरेका हुन् ।
लामिछानेले देश १२ भाइ पत्रकारले चलाउने होइन भनेका छन् । उनले देश चालउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौति पनि दिएका छन् । रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौती दिएका हुन। लामिछानेले पत्रकार सम्मेलनको अधिकांश समय कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रकाशक धर्मराज भुषाल, अन्नपूर्णका प्रकाशक रामेश्वर थापा, सेतोपाटीको प्रधान सम्पादक अमित ढकाललगायतको आलोचना गरे।
खासगरी अखबार र अनलाइन मिडियाप्रति आक्रोशित र उत्तेजित अभिव्यक्ति दिएका लामिछानेले कतिपय पत्रकार/सम्पादकको व्यक्तिगत गतिविधिसमेत थाहा पाएको दाबी गरे । नेपाल प्रेस युनियनले सञ्चारमाध्यमबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले दिएको आलोचना गर्याे। आइतबार साँझ एक प्रेस विज्ञप्तिमार्फत प्रेस युनियनले आफ्ना कमी–कमजोरी ढाकछोप गर्न लामिछानेले सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको बताएको थियाे।
सम्पादक र मालिक गरि कुल २२ जनालाइ लाई पारे निशानामा
१. कैलाश सिरोहिया; अध्यक्ष तथा प्रवन्ध निर्देशक, कान्तिपुर
२. दिल भूषण पाठक; प्रधान सम्पादक, कान्तिपुर
३. अमित ढकाल; प्रधान सम्पादक, सेतोपाटि
४. शिव गाउले; सम्पादक, अनलाइन खबर
५. किशोर श्रेष्ठ; अध्यक्ष, जनअस्था
६. कनकमणी दिक्षित; प्रकाशक, हिमाल खबर
७. धर्मराज भुषाल; अध्यक्ष/ प्रबन्धक निर्देशक, अनलाइन खबर
८. ऋषि धमला; सञ्चालक, रिपोर्टर्स नेपाल
९. कृष्ण ज्वाला देबकोट; अध्यक्ष/प्रधान सम्पादक, नयाँ पत्रिका
१०. राजन पोखरेल; उप सम्पादक, द हिमालयन टाइम्स
११. गुणराज लुइँटेल; प्रधान सम्पादक, नागरिक
१२. केपि ढुंगाना; प्रधान सम्पादक, उकेरा
१३. रामेश्वर थापा; प्रकाशक, अन्नपूर्ण
१४. अरुण बराल; सम्पादक, कान्तिपुर
१५. रवीन्द्र मिश्र; पुर्ब पत्रकार, विविसि नेपाली
१६. प्रेम बाँनिया; पुर्व पत्रकार
१७. रातोपाटि
१८. सिलापत्र
१९. देश सञ्चार
२०. रामेश कोईराला: सेलिब्रेटि ट्वइटे
२१. बिश्वदिप लामिछाने: ट्वइटे
२२. गगन थापा; नेता, नेपाली काँग्रेस