Sunday, January 19, 2025
समाजविप्लव भन्छन : 'तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक छ'

विप्लव भन्छन : ‘तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक रहेको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘तपाईमा मिटर ब्याजीको आतंक छ । पहाडमा लघुवित्त, सहरमा सहकारी र बैंकको चर्को ब्याजबाट नागरिक छटपटाइ रहेका छन् ।’

देशमा आर्थिक संकट बढ्दै जाँदा नेपाली जनता एक छाक खान, एक सरो लुगा लगाउन र बस्ने बासको निम्ति तड्पी रहेको उनले बताए । यसैमा उनी थप्छन्, ‘आजको संकटको केही पार्टी र नेताहरूको मात्रै होइन । यस्तो हुनमा दलाल पुँजीवादी राज्य सत्ताको हो । संसदीय व्यवस्था हो ।’

जनयुद्ध दिवस नेपाली राजनीतिमा गौरवपूर्ण इतिहास बोकेको दिवस भएको पनि उनको भनाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img