काठमाण्डाै – पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षकाे उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छातीकाे सङ्क्रमणको उपचार गराईरहेका श्रष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हाे ।
उनि मानवअधिकार क्षेत्रका अगुवा थिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनि नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए ।
उनको मङ्गलवार भाेलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।