Sunday, September 8, 2024
समाजपूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीलाई बाँडियो साढे पाँच करोड
spot_img

पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीलाई बाँडियो साढे पाँच करोड

काठमाडाैँ। राजस्व संकलन नहुँदा कर्मचारीलाई तलबभत्ता खुवाउन पनि धौधौ छ । मुलुक मन्दीमा चलिरहेका बेला सरकारले भने पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि सत्तासीन दलका नेताहरूलाई पैसा बाँडेको छ ।

सरकारले नियमविपरीत सात महिनामा ५ करोड ४६ लाख आर्थिक सहायता दिएको हो । पूर्वराष्ट्रपति रामवरण यादवले २५ लाख रुपैयाँ सहायता लिएका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन् । यी दुई नेता हरेक वर्षजसो राज्यकोषबाट पैसा लिन्छन् ।

तर, सरकारलाई गाली गर्न भने छाड्दैनन् । त्यसैगरी, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले २७ लाख लिएका छन् । सरकारले साउनमा ९३ लाख, भदौमा १ करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ ।

कात्तिकमा ४४ लाख, मंसिरमा १ करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img