समाज१७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

१७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

spot_img

भक्तपुर – १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेरामा बस्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

दोलखा मेलुग गाउँपालिका वडा नं ५ घर भएका २३ वर्षीय जय भनिने श्री थापालाई प्रहरीले पक्राउ गरेको हो। उनले आफू डेरामा बस्दै आएका सोही घरमा बस्ने १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको आरोप परिवारजनले लगाएका छन्।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। उनले फागुन ७ गते जबरजस्ती करणी गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए।

थापालाई मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेस गरिएका र अदालतले ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img